मनोरञ्जन

ह्युस्टन फिल्म फेस्टिभलमा ‘हल्कारा’

By खबरहब

April 15, 2022

काठमाडौँ– फिल्म ‘हल्कारा’ अमेरिकाको वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा छनोट भएको छ ।

अप्रिल २० देखि २४ सम्म टेक्सासमा चल्ने फिल्म फेस्टिभलमा ‘हल्कारा’ को वर्ल्ड प्रिमियर हुन लागेको हो । ५ दिनसम्म चल्ने फेस्टिभलमा यो फिल्म २३ तारिखका दिन राति ९ बजे फिल्मको स्क्रिनिङ रहेको छ । वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल अमेरिकाको तेस्रो पुरानो फिल्म फेस्टिभल मानिन्छ । इन्डिपेन्डेन्ट फिल्मलाई प्लेटफर्म दिने उद्देश्यसहित सञ्चालन भइरहेको फेस्टिभलमा यो पटक विश्वका ३० फिचर फिल्म र ६० बढी लघु फिल्म प्रदर्शन हुँदै छन् ।

जीवनमा अकस्मात आइपर्ने घटनालाई मानिसले कसरी झेल्दै जान्छ र कसरी आफैँले आफैँलाई चिन्दै जान्छ भन्ने कथा प्रस्तुत गर्ने फिल्ममा महेश त्रिपाठीको मुख्य भूमिका रहेको छ । फिल्ममा बिनिता थापामगर, उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्कीलगायतको पनि अभिनय छ ।

विक्रम सापकोटाले निर्देशन गरेको फिल्मलाई विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले लेखेका हुन् । चिन्तन राजभण्डारीको छायांकन रहेको फिल्मलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् ।