अन्तर्राष्ट्रिय

फिलिपिन्समा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या १४८ पुग्यो

By खबरहब

April 15, 2022

एजेन्सी– फिलिपिन्समा आँधी, पहिरो र बाढीमा परी मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ ।

शक्तिशाली आँधी र वर्षाका कारण आएको बाढी तथा पहिरोले फिलिपिन्समा कैयौँ मानिस बेपत्ता भएका छन् भने हजारौँ मानिस विस्थापित भएका छन् । सेना, प्रहरी र अन्य उद्धारकर्मीहरूले हराएकाहरूलाई खोज्ने कार्य जारी राखेका छन् ।

आँधी, बाढी र पहिरोबाट सबैभन्दा लेयतेको मध्य प्रान्तमा सबैभन्दा बढी प्रभावित भएका छन् ।

विनाशकारी पहिरोले खेती गर्ने र माछा मार्ने समुदायहरूलाई समस्यामा पारेको छ ।

फिलिपिन्सको अबुयोग नगरपालिकाका आकस्मिक कर्मचारीले मंगलबार पहिरोले ध्वस्त भएको तटीय गाउँबाट दर्जनौँ शव निकालेका थिए ।