ब्रेकिङ स्टोरी

काठमाडौं महानगरमा अग्रता फराकिलो पार्दै बालेन

By खबरहब

May 15, 2022

काठमाडौं– काठमाडौं महानगरपालिकामा ३ हजार सात सय बढी मत गणना हुँदा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन् ।

बालेनले १२ सय ५४ मतसहित बालेनले अग्रता कायम राखेका छन्। बालेनलाई नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले ८ सय ७८ मतका साथ पछ्याइरहेका छन् ।

नेपाली कांग्रेसका तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले ७ सय १९ मत प्राप्त गरेकी छिन् ।

उपप्रमुखमा एमालेकी सुनिता डंगोलले भारी मतका साथ अग्रता कायमै राखेकी छन् ।