मुख्य समाचार

दमकमा एमालेको विजयी सुरुवात

By खबरहब

May 15, 2022

झापा- एमालेविरुद्ध बलियो गठबन्धन निर्माण गर्दा पनि दमकमा एमालेले विजयी सुरुवात गरेको छ। एमाले अध्यक्ष केपी ओलीको गृहनगरमा एमालेले विजयी सुरुवात गरेको हो।

दमक(१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। एमालेका हरि न्यौपानेले वडाध्यक्षमा विजयी भए। उनले १ हजार ६८६ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी तारप्रसाद अधिकारी १ हजार ६२४ मत प्राप्त गरे। यहाँ एमालेविरुद्ध राप्रपा, कांग्रेस र माओवादीको गठबन्धन छ।

नगर प्रमुख पदमा पनि एमालेकै अग्रता छ। एमालेको तर्फबाट प्रमुखको उम्मेदवार गीता अधिकारीले १ हजार ७३२ मत पाएकी छन्। गठबन्धनका तर्फबाट राप्रपाका राम थापाले १ हजार ६४८ मतका ल्याएका छन्। गठबन्धनका तर्फबाट उपप्रमुखमा कांग्रेसकी रेगिना भट्टराईले १ हजार ६४० मत ल्याएकी छन्। उपप्रमुखमा एमालेका अम्बिका खनालले १ हजार ५०९ मतका ल्याएका छन्।