देश/प्रदेश

वीरगञ्ज महानगरको मेयरमा गठबन्धनको अग्रता

By खबरहब

May 15, 2022

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले अग्रता कायमै राखेका छन् ।

जारी मतगणनाको पछिल्लो विवरणअनुसार उनले एक हजार ३६३ मतसहित अग्रतालाई निरन्तरता दिएका हुन् । उनका निकटतम प्रतिष्पर्धामा नेकपा (एमाले)का विजयकुमार सरावगीले ६५९ मत ल्याएका छन्। हाल वडा नं १, २, ३१ र ३२को मतगणना जारी छ ।

हालसम्म कूल तीन हजार ६७ मत मतगणना भएको छ। मतणना गर्न लामो समय लाग्ने भएका कारणले अन्तिम नतिजा आउन समय लाग्ने बताइएको छ ।

मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकासहित अन्य तीन नगरपालिका र १० गाउँपालिका छन् । जिल्लाका अन्य पालिकामा पनि मतगणना जारी छ।

जिल्लाको १४ वटै पालिकामा कूल तीन हजार २९७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा तीन लाख ३९ हजार ८३६ मतदाता रहेका थिए ।