ब्रेकिङ स्टोरी

काठमाडौंमा बालेनले कटाए दुई हजार मत : यस्तो छ ६ महानगरको अपडेट

By खबरहब

May 15, 2022

काठमाडौं- शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना देशभर जारी छ। निर्वाचन आयोगले एक सातामा सवै परिणाम सार्वजनिक गर्ने बताए पनि २४ घण्टाको अवस्था हेर्दा एक महिनामासमेत परिणाम सार्वजनिक हुने संकेत देखिँदैन। देशभरकै मतपरिणाममा सबैको चासो छ। त्यसमध्ये पनि ६ महानगरपालिकालाई विशेष रुपमा हेरिएको छ।

पछिल्लो मत परिणाम अनुसार ६ महानगरको अवस्था के छ त ?

काठमाडौँ महानगर स्वतन्त्र उम्मेदवार बालेन साहले काठमाडौंमा अग्रता कायम राखेका छन्। काठमाडौंमा कांग्रेस र एमालेको प्रतिस्पर्धा हुँदा बालेन लोकप्रिय मतका साग अगाडि देखिएका छन्। बालेन्द्र साह- २०७१, केशव स्थापित- ११६४, सिर्जना सिंह- १००६

भरतपुर महानगर भरतपुर महानगर सत्ता गठबन्धनको एउटा लडाइँको केन्द्र हो। जहाँ नेकपा (माओवादी केन्द्र)ले मेयर पदमा उम्मेदवारी दिएको छ। माओवादी केन्द्रका अध्यक्ष पुचण्डकी पुत्री रेनु दाहाल मेयर उम्मेदवार भएकाले पनि चितवन चर्चामा छ। जहाँ अहिलेसम्म रेनुले अग्रता कायमै राखेकी छन्। एमालेका उम्मेदवार विजय सुवेदीले पछ्याइरहेका छन् भने कांग्रेसका वागी उम्मेदवार जगन्नाथ खतिवडा पछाडि परेका छन्। रेनु दाहाल-११७८, विजय सुवेदी- १०६८, जगन्नाथ पौडेल- ४११

ललितपुर महानगर ललितपुर महानगरपालिकामा चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन्। सुरुवाती मतगणनामा ललितपुरको मेयरको जिम्मेवारी पुनः महर्जनले नै पाउने निश्चित देखिन्छ। चिरिबाबु महर्जन- ७०६, हरिकृष्ण व्यजनकार- ३३६, अष्ट महर्जन (राप्रपा)- ३५

पोखरा महानगर सत्ता गठबन्धनको एक घटक एकीकृत समाजवादीले पाएको पोखरा महानगरसमेत चर्चामा छ। पोखरामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेको समाजवादीका धनराज आचार्यले अग्रता कायमै राखेका छन्। उनीसँग एमालेका कृष्ण थापाको प्रतिस्पर्धा भइराखेको छ। धनराज आचार्य (गठबन्धन)- ६१३, कृष्ण थापा (एमाले)- ५८३

विराटनगर महानगर विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता बनाएको छ। एमालेले कांग्रेसलाई पछ्याइरहेको छ भने स्वतन्त्र उम्मेदवार पछाडि छन्। नागेश कोइराला- २५८३, सागर थापा- १९९०, उमेशकुमार यादव- (स्वतन्त्र) ७१५

वीरगन्ज महानगरः वीरगन्ज महानगरसमासमेत गठबन्धनकै अग्रता छ। एमालेका मेयर उम्मेदवार गठबन्धनका उम्मेदवार भन्दा धेरै मतले पछाडि छन्। राजेशमान सिंह (गठबन्धन)- १५०७, विजय सरावगी (एमाले)- ६६८, गिरिश गिरी (राप्रपा)- ४१