देश/प्रदेश

चन्द्रनगर गाउँपालिका-१ मा कांग्रेसका महतो विजयी

By खबरहब

May 15, 2022

सर्लाही – सर्लाहीको चन्द्रनगर गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका उमेद्वार विजयी भएका छन् ।

नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका रामेश्वर प्रसाद महतो विजयी भएका हुन् । महतोले निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर बढी मत प्राप्त गरे । उनको  पक्षमा ६ सय ४६ मत परेको छ । महतोका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार  सुशील कुमार राय यादवले ३ सय ७१ मत मात्र प्राप्त गरे ।

समग्र गाउँपालिकामा पनि कांग्रेसले नै अग्रता कायम गरिरहेको छ । पछिल्लो मत परिणामअनुसार मेयर पदको लागि कांग्रेसका उम्मेदवारको पक्षमा ७ सय ८० मत परेको छ । लोकतान्त्रिक समाजवादी  र नेकपा(माओवादी केन्द्र) का उम्मेदवारलाई क्रमशः३ सय ५७ र २ सय ९७ मत परेको छ ।

उपमेयर पदमा नेपाली कांग्रेसकी मञ्जु देवीलाई ५ सय ८४ मत परेको छ भने लोसपाकी उम्मेदवार कुन्तिदेवी साहलाई ३ सय ४९ र माओवादी केन्द्रकी उम्मेदवार गीतादेवी महतोलाई ३ सय ८५ मत परेको छ ।