बलिउड/हलिउड

नयाँ पुस्तालाई पुरानो लुक्स 

By खबरहब

May 15, 2022

काठमाडौँ– आफू निर्देशित फिल्महरूबाट चर्चामा रहने निर्देशक जोया अख्तरले नयाँ फिल्म सुरु गरेकी छन् ।

उनले नयाँ पुस्तासँग ‘द आर्चिज’ फिल्मको छायांकन सुरु गरेकी हुन्। फिल्ममा शाहरुख खानकी छोरी सुहाना खान, अमिताभ बच्चनका नाति अगस्त्य नन्दा र श्रीदेवीकी छोरी खुशी कपुरको अभिनय रहनेछ । निर्मात्री रीमा कागतीले फिल्मको फस्टलुक्स सार्वजनिक भएको छ । सार्वजनिक लुक्समा डेब्यु गर्न तयार रहेका नयाँ पुस्ता ‘ओल्ड लुक्स’ मा देखिएका छन् । 

सन् १९६० को सेटअपमा तयार हुने फिल्म मार्फत जोयाले लोकप्रिय कमिक्स ‘द आर्चिज’ लाई फिल्मको पर्दामा ल्याउन लागेकी हुन् । कथाअनुसार नयाँ पुस्ता सुहाउँदो भएकाले सुहाना, अगस्त्य र खुशीलाई कास्ट गरेको बताउने जोयाले यसलाई म्युजिकल ड्रामा भनेकी छिन् ।

 यद्यपि बलिउडमा यी नयाँ पुस्ता आउने खबरले चर्चा बढ्दो छ । फिल्मलाई रीमासँग जोयाले मिलेर निर्माणसमेत गरिरहेकी छन् ।