ब्रेकिङ स्टोरी

राप्रपाको हैसियतमा सुधार, अहिलेसम्म जित्यो १८ वडाध्यक्ष

By खबरहब

May 15, 2022

काठमाडौं- स्थानीय तहको निर्वाचनमा राप्रपाले आफ्नो हैसियत पहिलेको तुलनामा सुधार गरेको छ । राप्रपाले विभिन्न स्थानीय तहका १८ वटा वडामा जित हासिल गरेको छ । राप्रपाले केही पालिकामा अग्रता, केही पालिकामा कडा प्रतिस्पर्धा गरिरहेको छ ।

यी हुन् विजयी वडाध्यक्ष

१. चितवनको माडी नगरपालिका–८ को वडाध्यक्षमा राप्रपाका वीरेन्द्र भण्डारी प्यानलसहित विजयी। २. नवलपरासीको रामग्राम–३ को वडाध्यक्षमा उज्ज्वल न्यौपाने प्यानलसहित विजयी । ३. नवलपरासीकै प्रतापपुर–३ को वडाध्यक्षमा रामनरेश यादव प्यानलसहित विजयी। ४. कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५ को वडाध्यक्ष केशव खत्रीत प्यानलसहित विजयी । ५. कपिलवस्तुको कृष्णनगर–१ को वडाध्यक्ष टुंगनाथ चौधरीको प्यानलसहित विजयी । ६. सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ को वडाध्यक्ष लक्ष्मण मेहता प्यानलसहित विजयी। ७. रुपन्देहीको रोहिणी गाउँपालिका–१ को वडाध्यक्षमा अलि पठान निर्वाचित । ८. चितवनको माडी नगरपालिका–१ को वडाध्यक्षमा अमित लामा निर्वाचित । ९. सिद्धार्थनगर नगरपालिका–२ को वडाध्यक्षमा छेदीलाल श्रीवास्तव निर्वाचित १०. नवलपरासीको रामग्राम–१ मा राप्रपाका रुद्रप्रसाद सिंह वडाध्यक्षमा निर्वाचित । ११. डोटीको केआईसिंह गाउँपालिका–७ को वडाध्यक्षमा दिलबहादुर बलायर विजयी । १२. बैतडीको सुर्नया गाउँपालिका–२ मा गणेशबहादुर विष्ट विजयी । १३. पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–७ का अध्यक्ष उमेश कार्की विजयी । १४. धादिङको खनियाबास गाउँपालिका–१ वडाध्यक्षमा सोनाम तामाङ विजयी । १५. रुपहेन्दीको ओमसतियामा बेलबहादुर बराल बिजयी । १६. कञ्चनपुरको दोधारा चाँदनी–१ को वडाध्यक्षमा बिक्रम चन्द विजयी । १७. धादिङको खनियाबास–२ को वडाध्यक्षमा अरुण तामाङ विजयी । १८. रुपन्देहीको सियारी गाउँपालिका–१ को वडाध्ध्यक्षमा अरुण शाही विजयी ।