बलिउड/हलिउड

महेश बाबुको फिल्मले कमायो सय करोड 

By खबरहब

May 15, 2022

काठमाडौँ– साउथ इन्डियन फिल्मका ह्यान्डसम हिरो भनेर चिनिन्छन् महेश बाबु । 

उनको फिल्म अझै साउथसँगै नर्थ इन्डियामा हिन्दी भाषामा रिलिज भएको छैन । महेशको आउँदो फिल्म ‘सरकार वारी पाता’ लाई हिन्दीमा रिलिज गरिएको छैन । उनले हालै आफू हिन्दी भाषाको फिल्ममा अभिनय गर्न आकर्षित नरहेको समेत बताएका छन् । यद्यपि फिल्मले प्रदर्शनको दुई दिनमै एक करोड बढीको ग्रस कलेक्सन गरेको छ । 

गत मे १२ बाट प्रदर्शनमा आएको फिल्मले दुई दिनमा एक सय करोडको कलेक्सन गरेको हो । यद्यपि दोस्रो दिन आन्ध्र प्रदेशमा कलेक्सनमा गिरावट आएको छ । पहिलो दिन ५२ करोड बढीको कलेक्सन गरेको स्टेटमा दोस्रो दिन १७ करोड मात्र कलेक्सन गरेको छ । परशुराम निर्देशित फिल्ममा महेशसँगै अभिनेत्री कीर्ति सुरेश र कमेडियन भेनेला किशोरको अभिनय रहेको छ । 

 महेश बाबुको फिल्मले आइतबार गर्ने कलेक्सनले हिट वा फ्लप भन्ने ट्याग लगाउने छ ।