ब्रेकिङ स्टोरी

बालेनको अग्रता कायमै 

By खबरहब

May 15, 2022

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले निकटतम प्रतिद्वन्द्वीसँग मतान्तर झनै बढाएका छन्।

पछिल्लो मतगणना अनुसार शाहले ३ हजार ५ सय ३२ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका केशव स्थापितले १ हजार ८ सय ५६ मत ल्याएर पछ्याइरहेका छन्।

गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १ हजार ६ सय ६८ मत पाएकी छन्। अहिले काठमाडौँको वडा नम्बर १, २, ३, ४, ३२ र ३१ को मत गणना भइरहेको छ। मत गणना भइरहेको छ वटै वडामा बालेनले अग्रता लिइरहेका छन्

काठमाडौँ महानगरपालिकाको मतगणना जारी रहेका पाँच वटै वडा हरेकमा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेनले शाहले अग्रता लिएका छन्। अहिले वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना जारी रहेकामा यी सबै वडामा बालेनले अग्रता लिएका हुन्। वडा नम्बर १ मा बालेन ७ सय ७ मतसहित पहिलो स्थानमा छन्। यस्तै २ नम्बर वडामा पनि ७ सय १७ मतसहित बालेनले नै अग्रता लिएका छन्।

यसैगरी वडा नम्बर ३ मा पनि अग्रता लिएका बालेनले ४ सय ९१ मत ल्याएका छन्। वडा नम्बर ४ मा पनि ७ सय ३३ मतसहित बालेन नै पहिलो स्थानमा छन्। यस्तै ३२ नम्बर वडामा पनि अग्रता लिएका बालेनले ७ सय ७७ मत प्राप्त गरेका छन्।

वडा नम्बर ३१ को मतगणना केही समयअघि मात्र सुरु भएको हो। यसमा पनि बालेनले नै अग्रता लिएका छन्।उनले यो न्युज तयार पार्दासम्म १ सय ७ मत ल्याएका छन् ।