ब्रेकिङ स्टोरी

२७७ पालिकामा कांग्रेस र १०९ पालिकामा माओवादीको अग्रता

By खबरहब

May 15, 2022

काठमाडौँ : स्थानीय तहको चुनाव भएको दुई दिनमा केही ठाउँको नतिजा आउँदा धेरै ठाउँमा अहिले पनि मतगणना चलिरहेको छ । पछिल्लो मतपरिणामअुनसार गठबन्धनको नेतृत्वकर्ता कांग्रेसले ११ ठाउँमा जित हात पारेको छ । यस्तै २७७ ठाउँमा अग्रता बनाएको छ।

अहिलेसम्म माओवादी केन्द्रले ११ वटा स्थानीय तह जितेको छ । १०९ पालिकामा माओवादीको अग्रता छ । गठबन्धन बनेपनि अहिलेसम्मको नतिजा हेर्दा एमालेले धेरै ठाउँमा जित हासिल गरेको छ । अहिलेसम्म एमालेले १५ ठाउँमा जित हासिल गर्दा कांग्रेस र माओवादी केन्द्र समान ११ ठाउँमा जित हासिल गरेका छन् ।

मुख्य तीन दलले जित हासिल गर्दा काठमाडौँ उपत्यकामा बालेन साह जस्ता स्वतन्त्र उम्मेद्वारको पनि अग्रता छ । यसले केही दलका उम्मेद्वारलाई भने झस्काएको छ ।