ब्रेकिङ स्टोरी

पोखरामा नेकपा समाजवादीले लियो १२६ मतको अग्रता

By खबरहब

May 15, 2022

काठमाडौं- पोखरा महानगरपालिकामा मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले २ हजार ६३ मत ल्याएका छन् ।

पोखरा महानगर पालिका वडा नम्बर १, २, १२ २३, २४ र २५ को ४ हजार ६ सय मतगणनामा आचार्यले १ सय २६ मतले अग्रता लिएका हुन् । निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापाले १ हजार ९ सय ३७ मत ल्याएर पछ्याइरहेका छन् ।

मेयर तर्फ राप्रपाका शंकर खरालले २ सय २३, स्वतन्त्र गनेश पौडेलले १ सय १८ मत प्राप्त गरेका छन् । उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १ हजार ९ सय २५ मत प्राप्त गरेकी छन् भने एमालेकी मञ्जु गुरुङले १ हजार ७ सय ६५ मत प्राप्त गरेकी छन् ।

उनीहरूको मत अन्तर १ सय ४४ छ । पोखरा महानगरपालिकामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।