ब्रेकिङ स्टोरी

विराटनगरमा कांग्रेसका नागेश कोइराला ९ सय ३२ मतले अगाडि

By खबरहब

May 15, 2022

काठमाडौं- मोरङ्गको विराटनगर महानगरपालिकामा मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले ९ सय मतभन्दा धेरैको अग्रता लिएका छन् ।

कोइरालाले ३५१८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का सागरकुमार थापाले २५८६ मत ल्याएका छन् । दुई उम्मेद्वारबीच ९३२ मतको अन्तर छ ।

तेश्रो स्थानका स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ११८९ मत प्राप्त गरेका छन् ।