ब्रेकिङ स्टोरी

काठमाडौँको मेयरमा झण्डै दोब्बर मतसहित बालेन साहको अग्रता

By खबरहब

May 15, 2022

काठमाडौँ– काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले झण्डै दोब्बर मतसहित आफ्नो अग्रता कायम राखेका छन् ।

पछिल्लो मतगणना अनुसार साहले ४ हजार ४ सय ४ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका केशव स्थापितले २ हजार ३ सय ३ मत ल्याएर पछ्याइरहेका छन् ।

गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २ हजार ७० मत पाएकी छिन् ।