देश/प्रदेश

थप २५ जनामा कोरोना संक्रमण

By खबरहब

June 15, 2022

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ८ सय ५६ पिसिआर परीक्षणका क्रममा १९ जना र १ हजार ४९ एन्टीजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन । कोरोनाका कारण थप १५ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २ सय ४८ जना निको भएका छन् ।

हाल नेपालमा ९७ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।