फाइल फोटो

आर्थिक

११ महिनामा ३५ अर्ब रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको परराष्ट्रमन्त्री खड्काको भनाइ

By खबरहब

June 15, 2022

काठमाडौँ- चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधबार प्रतिनिधिसभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै ३५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको बताएका हुन् ।

उनले वैदेशिक लगानी तथा नियमावली नीति तथा संरचनामा सुधारको कारण वैदेशिक लगानी प्रतिबद्धता आएको बताए ।

सरकारले प्रविधि हस्तान्तरणलाई टेवा पु¥याउनका लागि नयाँ विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन तथा नियामावली कार्यान्वयन, लगानी प्रशासनलाई सहज बनाउन उद्योग विभागमा एकल बिन्दु सेवा केन्द्र स्थापना जस्ता कारणले वैदेशिक लगानी प्रतिबद्धतामा आकर्षण बढ्दै गएको बताए ।

उनले नेपालका ९२ ठाउँमा रहेका खानी सञ्चालन गरी ढुङ्गा, गिट्टी, वालुवालगायतका निर्माण सामाग्री ढुवानी गर्ने प्रक्रियालाई अघि बढाइएको समेत जानकारी दिए ।