तस्बिर : बीबीसी

खेलकुद

इंग्ल्यान्डसँग भारत पराजित

By खबरहब

July 15, 2022

काठमाडौँ – इंग्ल्यान्डले दोस्रो एकदिवसीय खेलमा भारतलाई १ सय रनले पराजित गर्दै शृंखला बराबरी गरेको छ । अब, अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ ।

२४७ रनको विजयी लक्ष्य पछ्याएको भारत ३८.५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमा समेटियो । भारतका रविन्द्र जडेजा र हार्दिक पान्ड्याले समान २९ रन बनाए ।  इंग्ल्यान्डका बलर टोप्लीले  उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोली इंग्ल्यान्ड ४९ ओभरमा सबै विकेट गुमाउँदै  २४६ रन बनायो । इंग्ल्यान्डका मोईन अलीले  ४७ रन बनाए। डेविड विल्ली ४१ रनको योगदान गरे । भारतका युजभेन्द्र चहलले ४ विकेट लिए ।