सांकेतिक तस्बिर

ब्रेकिङ स्टोरी

विद्युत उत्पादन गृह भत्किदा चौकीदारका श्रीमतीसहित दुई छोराको मृत्यु

By खबरहब

July 15, 2022

सुर्खेत – हुम्लाको हिमा गाउँपालिका- १ आचार्यलिहीमा विद्युत उत्पादन गृह भत्किदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विद्युत उत्पादन गृहका चौकीदार गोरखबहादुर रावतका श्रीमती र दुई छोरा रहेका छन् ।

गए राति करिब साढे २ बजे भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा ३० वर्षीया विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावतको मृत्यु भएको हो ।

प्रहरी चौकीका अनुसार राति बत्ती बन्द भएपछि हेर्न जाँदा यो घटना भएको हो ।