फाइल फोटो

ब्रेकिङ स्टोरी

सत्ता गठबन्धनको बैठक जारी, लगत्तै मन्त्रीपरिषद् बैठक बस्ने

By खबरहब

July 15, 2022

काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठक अहिले जारी छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको बैठकमा उपसभामुखको निर्वाचनबारे छलफल भइरहेको छ।

गठबन्धनको तर्फबाट उपसभामुखकी उम्मेदवार बनेकी नेपाली कांग्रेसकी पुष्पा भुसालको पक्षमा मत जुटाउन बैठक बसेको हो।

बैठकमा ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक’बारे पनि छलफल भइरहेको स्रोतले बताएको छ।

गठबन्धनमा सहमति जुटेलगत्तै मन्त्रिपरिषद् बैठक बस्नेछ । सरकारले आजको संसद बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन संशोधनको विधेयक पेस गर्ने तयारी गरेको छ । त्यसअघि मन्त्रीपरिषद्बाट विधेयक पास गर्नुपर्छ।