बलिउड/हलिउड

विवाह होइन डेटिङ

By खबरहब

July 15, 2022

काठमाडौँ- केही दिन यता इन्डियन प्रिमियर लिगका पूर्व अध्यक्ष ललित मोदीले आफूले बलिउड अभिनेत्री तथा पूर्व मिस युनिभर्स सुस्मिता सेनको तस्बिरहरूले सामाजिक सञ्जालमा राम्रो स्थान पाइरहेका छन् । यी दुईले आफ्नो प्रेमलाई खुल्ला रूपमा व्यक्त गरिरहँदा विवाह भइसकेको खबर पनि भारतीय मिडियामा आए । यद्यपि अहिलेसम्म यो जोडी डेटिङ गरिरहेको खुलेको छ ।

बिहीबार बेलुका ललितको ट्विटले लामो समयदेखिको गसिपलाई पुष्टि गर्दै विवाह नभएको यद्यपि जोडीले डेटिङ गरिरहेको खुलेको हो ।  आईपीएलका संस्थापक समेत रहेका मोदीले आफूहरूले बिहे गरेको नभई डेटिङ मात्र गरिरहेको उल्लेख गरेका छन् । ‘स्पष्टताको लागि : हामीले बिहे होइन, डेटिङ गरिरहेका छौँ । त्यो पनि कुनै दिन हुनेछ,’ मोदीको ट्विटमा उल्लेख छ ।

सुस्मितासँगको तस्बिर सेयर गर्दै मोदीले उनलाई बेटर-हाफ भएको उल्लेख गरेका मात्र छैनन्, नयाँ सुरुवात भएको बताएका छन् ।