ब्रेकिङ स्टोरी

समन्वयकारी भूमिका निर्वाह गर्छु : नवनिर्वाचित उपसभामुख भुसाल

By खबरहब

July 15, 2022

काठमाडौँ- नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले सदनलाई प्रभावकारी बनाउनका लागि जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने बताएकी छिन्।

उपसभामुखमा विजयी भएपछि संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले लामो समयदेखि रिक्त रहेको उपसभामुख पदमा निर्वाचन भएको र संसद्को सबै पदहरूले पूर्णता पाएको भन्दै आफूले जिम्मेवारीपूर्वक पदीय दायित्व पुरा गर्ने बताएकी हुन् । उनले संसद्को सबै पदहरूले पूर्णता पाउनु संविधानको पक्षधर र लोकतन्त्रवादीहरूका लागि खुसीको दिन भएको बताइन्।

उपसभामुख भुसालले संवैधानिक परिषद्को सदस्यको रूपमा समेत आफूले इमानदारीपूर्वक र समन्वयनकारी तवरले भूमिका निर्वाह गर्ने जिकिर गरिन्।

उनले आफूलाई निर्वाचित गराउन सहयोग गर्ने सबैलाई आभार व्यक्त गरिन्।