ब्रेकिङ स्टोरी

‘एसपीपी अस्वीकार गर्दा देउवाको अमेरिका भ्रमण रोकियो’

By खबरहब

July 15, 2022

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण एसपीपी अस्वीकार गरेका कारण रद्द भएको सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दाबी गरेका छन् ।

अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्छौँ भनेसँगै प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको उनले दाबी गरेका छन्।

‘एसपीपी केपी ओलीको पालामा ल्याएको थाहा भयो । त्यस्तो अवस्थामा शेरबहादुर प्रधानमन्त्रीले त्यसमा हामी अस्वीकार गर्छौँ भनेपछि हुन लागेको अमेरिका भ्रमण पनि रद्द भयो’ उनले भने ।