फाइल तस्वीर

अन्तर्राष्ट्रिय

श्रीलंकाका पूर्व प्रधानमन्त्री महिन्दा र पूर्व वित्तमन्त्री बासिल राजपक्षेलाई देश छाड्न प्रतिबन्ध

By खबरहब

July 15, 2022

काठमाडौँ- श्रीलंकाको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजपक्षे र पूर्व वित्तमन्त्री बासिल राजपक्षेलाई देश छोड्न प्रतिबन्ध लगाएको छ ।

बासिल राजपक्षेले केही दिन पहिला श्रीलंका छोडेर जाने प्रयास गरेका थिए । यद्यपि विमानस्थलका कर्मचारीहरुले उनलाई विमानमा सवार हुन दिएका थिएनन् ।

यसपछि श्रीलंकाको सर्वोच्च अदालतले दुबै नेताहरुलाई शुक्रबारबाट २८ जुलाई सम्म देश छाडेर जान प्रतिबन्ध लगाइदिएको छ । यसअघि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे देश छोडेर सिंगापुर पुगेका थिए ।

उनले त्यहीबाट इमेल मार्फत राजीनामा घोषणा गरेका थिए । उनी भागेसँगै प्रधानमन्त्री रनिल विक्रमसिंघेले अन्तरिम राष्ट्रपति पदको शपथ लिएका छन् ।