सामान्यतया बालबालिकाले चारदेखि पाँच महिनादेखि नै आवाजसँग प्रतिक्रिया दिने गर्दछन् । एक वर्षदेखि केही शब्द र तीन वर्षदेखि केही वाक्य पनि बोल्न थाल्छन् । तर, कहिलेकाहीँ ती बालबालिकामा कुनै प्रतिक्रिया हामीले पाउँदैनौँ । ढिलो बोल्ने हुन्छन्, सुरुवाती चरणमा नै समस्याको पहिचान गरेर बेलैमा उपचार गराए बालबालिकाले बोल्न र सुन्न पनि सक्छन् । तर, ढिलो अस्पताल पुगे उपचारको प्रक्रिया जटिल हुनसक्ने चिकित्सक बत्ताउँछन् । यस्तै विषयमा आधारित भएर शिक्षण अस्पतालमा कार्यरत नाक कान घाँटी रोग सर्जन डा. योगेश न्यौपानेसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः
पछिल्लो समय बालबालिकामा समयमा नबोल्ने ढिलो बोल्ने समस्या धेरै बढेको छ, यस्तो समस्यालाई कसरी बुझ्ने ? बच्चा समयमा नबोल्ने विभिन्न कारणले हुन्छ । समयमा बोलेको छैन भने हामीले यो बच्चाले नसुनेर नबोलेको हुन सक्छ । पहिला बच्चाले सुनेर नबोलेको छ कि नसुनेर नबोलेको हो त्यो हामीले पत्ता लगाउनु पर्दछ । यसको उपचार पद्धति पनि फरक हुन्छ । हामीले यो छुटाउनका लागि पहिला सुनाइको टेस्ट गछौँ । त्यसले बच्चाले सुन्छ कि सुन्दैन या कम सुन्छ भने त्यो पत्ता लगाउँछौँ । कोही बच्चा जन्मिएर सुनेर सिकेर बोल्ने ब्रेनको एउटा क्षेत्र हुन्छ । त्यो पाँच वर्षमा छिपिन्छ। पाँच वर्षसम्म बोलेन भने पछि पनि बोल्ने सम्भावना कम हुन्छ । त्यसैले समयमा नै सबै उपचार गर्नुपर्ने गर्नुपर्दछ । बच्चा सुन्छ तर बोल्दैन भने यसमा विभिन्न कारण हुन सक्छन् । विगतमा लकडाउनमा बच्चा मोबाइल, ल्यापटप, कम्प्युट र टिभीमा झुन्डिए । त्यसले पनि बच्चामा बोल्न ढिलो भयो । बच्चामा न्युरो साइक्याट्रिक्स समस्या छ भने सुन्छन् तर बोल्दैनन् ।
बालबालिकाको कुन उमेर बोल्नको लागि सही हो र त्यो समयमा नबोले ढिलो मान्ने ? उमेर भन्दा पनि बच्चाले गर्ने प्रतिक्रिया हेरेर त्यो हेर्नु पर्दछ । शरीर चलाएको छ कि छैन भन्ने विषयमा प्रतिक्रिया हेर्नु पर्दछ । ६ महिनादेखि बा, आ लगायतका शब्द बोल्छन् । ९ महिलादेखि १२ महिनासम्म बाबा आमा लगायतका शब्द बोल्न थाल्छन् । दुई वर्ष तिर दुई वटा शब्दलाई मिक्स गरेर बोल्न सक्छन् । बाबु आमा कोही ढिलो बोलेकै आधारमा बच्चाको मूल्यांकन गर्नु हुँदैन । बच्चाले समयमा प्रतिक्रिया गर्दैनन् भने समयमा नै उपचार गर्नु पर्दछ ।
के कारणले नबोल्ने वा ढिलो बोल्ने हुन्छ ? एउटा त बच्चामा जुन हदसम्म सुन्नु पर्ने हो त्यतिसम्म नसुन्ने हुँदा पनि बोली विकास नहुन सक्छ । यो अवस्थामा साधारण अप्रेसन गरेर जाली बनाइदिएर उनीहरूलाई राम्रो बनाइदिन सकिन्छ । अप्रेसन गर्नु पर्ने छैन भने मिसिन लगाएर इयरफोन लगाइदिएर आवाज सुनाइन्छ । भित्र कानमा समस्या भएर सुन्दैन भने कक्लोजिन प्लान्ट भन्ने सर्जरी गराएर त्यो बच्चालाई सुन्ने बनाएर बोली विकास गराउने ट्रेनिङमा लैजान्छौ । कुनै बच्चामा न्युरो डेभलपमेन्टल समस्या भएर बच्चाको मानसिक समस्या छ अथवा समग्र विकास नभएको हुनसक्छन् । कसैमा ढिलो हिँड्ने र शरीरको शक्ति कम हुनसक्छ । यस्ता बच्चा पनि ढिलो बोल्छन् । कतिपयलाई अटिजम भएको बच्चा जसले सुन्छ तर बोल्न सक्दैन ।
वशांणुगतरुपमामा पनि जान्छ भनिन्छ, यसमा कतिको सत्यता छ ? बाबु आमामा कान कम सुन्ने छन् भने त्यो बच्चामा पनि हुन सक्छ । तर, उसको काका, फुपू ढिलो बोल्यो भने उसलाई रोकेर राख्नु हुँदैन । किनभने ५ वर्षसम्ममा नै मेहनत गर्नु पर्दछ । तर, अहिले बच्चामा समस्या भयो भने ६ महिनामा नै पनि पत्ता लगाउन सकिन्छ । त्यसैले ६ वर्षसम्म बोलेन भने म उपचार गर्न लान्छु भनेर कुर्नु मूर्खता हुन आउँछ । समयमा नै उपचार गर्नुपर्छ ।
पाँच वर्ष भन्दा पछाडि अस्पताल लगियो भने त्यसको उपचार हुँदैन ? कुनै २ वर्षको बच्चा र ६ वर्षको बच्चामा एउटै समस्या छ भने २ वर्षको बच्चामा उपचार गर्दा जति राम्रो रिजल्ट आउँछ ६ वर्षको बच्चामा त्यति आउँदैन । त्यसैले समयमा उपचारमा लानु राम्रो हुन्छ ।
पछिल्लो समय नेपालमा यसको उपचारको अवस्था कस्तो छ ? नेपालमा हामीले २५ देख २६ वर्ष अगाडि नै सबै जना मिलेर नाक कान घाँटीको टिम बाल रोग विशेषज्ञको टिम, साइक्याटिक्सहरुको टिम मिलेर काम गरेको धेरै वर्ष भैसकेको छ । तर, पहिलाको लेबलमा काम एउटा मात्र क्षेत्रमा सीमित थियो भने अहिले यो निकै राम्रो हुँदै आएको छ । कुनै बच्चा जन्मजात नै सुन्दैन भने उसलाई समयमा नै उपचार गरेर सुनाउने काम गर्दछौँ । बच्चा तीन वर्षको छ, उसले सुन्दैन भने हामीले पहिला उसलाई सुनाउने उपाय गछौँ, त्यसपछि बच्चाले सुन्छ मात्रै र बोल्दैन । किन भने उसले सुनेर बोल्ने समय सानैदेखि थियो । त्यो उसले मिस गर्यो भने पछि बच्चालाई बोलाउनु पर्दछ । उसलाई पिस थेरापीमा राखेर उपचार गरिन्छ । अहिले यसको लागि विभिन्न स्कुलहरू पनि खुलेका छन् ।
जुन बच्चा यो प्रोसेसमा जान्छ, उसको लागि उपचारमा समय कति लाग्छ ? मेडिकलहरूमा उसलाई दिने कुनै औषधि छैन । तीन वर्षको बच्चा कान सुन्दैन भने उसलाई कान सुन्ने बनाउँछौ । त्यसको लागि ३ देखि ४ महिना लाग्छ । सुन्ने भएपछि बोल्ने बनाउन लगभग एक वर्षको समय हुन्छ । उसको जाँचहरू गर्नु पर्दछ र त्यसबाट कस्तो प्रतिक्रिया आयो त्यो पनि हेर्नु पर्दछ । त्यसैले बच्चालाई सुन्ने र बोल्ने बनाउन घर परिवारको एउटा राम्रो मान्छेको एकदेखि दुई वर्षको भूमिका रहन्छ ।
यो उपचार सबैको पहुँचमा छ त ? हामी टिचिङ शिक्षण अस्पतालमा यसको एउटा छुट्टै इम्पोट गर्ने, थेरापी गर्ने, इभ्यालुयसन गर्ने एउटा टिम नै खडा गरेका छौँ । टिचिङ अस्पताल भनेको सबै नेपालीको पहुँचको हो । यसमा सरकारले पनि अनुदान दिएको छ । अन्य समस्या भएका बच्चाले सुन्छन् । तर, न्युरो डेभलपभमेन्ट भएको बच्चामा पनि विभिन्न थेरापी विभिन्न ठाउँमा विकसित भएका छन् । तर, अहिले हरेक नेपालीहरूको पहुँचमा पुगेको छैन । यो हेल्प सेन्टरहरूमा पुगेको छैन । यसमा सरकारसँगै परिवारको मूल्य पनि आवश्यकता पर्दछ ।
अभिभावकहरूले के–के कुरामा ध्यान दिनुपर्दछ ? यदि बच्चा सही समयमा बोलेको छैन भने ढिलो नगरी अस्पतालमा लैजानु पर्दछ । ढिलो गर्दा समयमा नै हुने उपचारपछि गएर गम्भीर हुनुपर्दछ । बच्चालाई सही समयमा प्रतिक्रिया गरेको नगरेको सबै हुनुपर्दछ । बच्चालाई मोबाइल, ल्यापटप, टिभी दिनु हुँदैन । यसले प्रत्यक्ष असर गर्दछ । यो डिजिटल मिडियाबाट बच्चालाई टाढा राखेर आफै बच्चासँग नजिक हुने र समयमा नै बच्चाको ख्याल राख्नु पर्दछ ।