खेलकुद

बायर्नले उल्फवर्गलाई हरायो

By खबरहब

August 15, 2022

काठमाडौँ – उल्फवर्गलाई २-० ले हराउँदै जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत आइतबार राति बायर्न म्युनिखले लगातार दोस्रो जित निकालेको छ ।

लगातार दोस्रो जित निकाल्ने क्रममा बायर्नका लागी जमल मुसिआला र थोमस मुलरले एक-एक गोल गरे । बायर्नले दुबै गोल पहिलो हाफमा गरेको थियो ।

दोस्रो जितसँगै बायर्न २ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ । उल्फवर्ग १ अंक जोडेर १५ औं स्थानमा छ ।