तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

सुडानमा बाढीका कारण ५२ जनाको मृत्यु

By खबरहब

August 15, 2022

काठमाडौँ- अफ्रिकी मुलुक सुडानमा भिषण वर्षा भएको छ । वर्षाको कारण आएको बाढीमा परी कम्तीमा पनि ५२ जनाको ज्यान गएको बताइएको छ ।

सुडानको उत्तरी कोर्दोफान राज्यमा बाढीको बढी असर देखिएको छ । सो राज्यमा मात्र १९ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

सुडानी रक्षा मन्त्रालयले दिएको जनकारीअनुसार उत्तरी र मध्य सुडानमा व्यापक वर्षा भएको छ । वर्षाका कारण दुर्इ सय १९ हेक्टर क्षेत्रफल कृषियोग्य जमिनमा क्षति पुगेको छ । यस क्षेत्रका पाँच हजार भन्दा बढी घरमा क्षति पुगेको छ ।

सरकारले त्यहाँका प्रहरी, सेना तथा अन्य उद्धारकर्मीहरु परिचालन गरेको छ । दुई दिनदेखि वर्षा जारी रहेकाले थप सतर्कता अपनाउन भनिएको छ । यहाँ गएको जुन महिनादेखि नै वर्षा भइरहेको र मानवीय क्षति पुगेको छ ।