ब्रेकिङ स्टोरी

थप ८८८ जनामा कोरोना संक्रमण

By खबरहब

August 15, 2022

काठमाडौँ-  पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ३ हजार १ सय ५५ पिसिआर परीक्षणका क्रममा ४ सय २७ जना र २ हजार ५ सय ८२ एन्टीजेन परीक्षणका क्रममा ४ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने ४७४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ७९ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै थप ४ सय ४६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७६ हजार ८३ जना निको भइसकेका छन् ।

हाल नेपालमा ५ हजार ३ सय ८७ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।