फाइल तस्बिर

देश/प्रदेश

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा राति दुई पाङ्ग्रे सवारी सञ्चालनमा रोक

By खबरहब

August 15, 2022

बर्दिया- बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा दुई पाङ्ग्रे सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ ।

आइतबार जङ्गली जनावरको आक्रमणबाट सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरावनीका दुई जनाको मृत्यु भएसँगै सुर्खेत प्रशासनले रातको समयमा दुई पाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको हो ।

सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले रातिको समयमा दुई पाङ्‍ग्रे सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।