तस्वीर- ट्विटर/भारतीय नौसेना

अन्तर्राष्ट्रिय

भारतीय नौसेनामा थपिए दुई नयाँ ‘रोमियो’ हेलिकोप्टर

By खबरहब

August 15, 2022

काठमाडौँ– भारतीय नौसेनालाई दुईवटा अत्याधुनिक हेलिकोप्टर प्रदान गरिएको छ । भारतीय नौसेनालाई प्रदान गरिएको अत्याधुनिक एमएच ६० रोमियो हेलिकोप्टर कोचिन विमानस्थलतर्फ लगिएको हो ।

त्यसैगरी तेस्रो रोमियो हेलिकोप्टर अर्को महिनाभित्र प्रदान गरिसक्ने योजना रहेको छ ।

यसअघि गत वर्ष भारतीय नौसेनालाई पहिलो पटक तीन हेलिकोप्टर प्रदान गरिएको थियो । हाल ती हेलिकोप्टरलाई चालक दलका सदस्यलाई तालिम दिने काममा प्रयोग गरिएको जनाइएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार भारतमा २४ रोमियो हेलिकोप्टरको माग रहेको छ । यी हेलिकोप्टरहरु सन् २०२५ भित्र आपूर्ति भइसक्ने जनाइएको छ ।

अमेरिकाको प्रख्यात हतियार निर्माता कम्पनी लकहिड मार्टिनले निर्माण गरेको यस हेलिकोप्टर पनडुब्बीभेदी, युद्धपोतभेदी, विशेष समुद्री कारवाही एवम् खोजी तथा उद्धारकार्यका लागि उपयुक्त रहेको एएनआईले जनाएको छ ।