तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

पाकिस्तानमा लैङ्गिक हिंसाका घटना बढ्दै

By खबरहब

August 15, 2022

काठमाडौँ– पाकिस्तानमा लैङ्गिक हिंसाका घटना बढ्दै गएको पाइएको छ । स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार पछिल्ला ६ वर्षमा मात्रै पाकिस्तानमा २२ हजारभन्दा धेरै लैङ्गिक हिंसाका घटना दर्ता गरिएका छन् ।

सचेतना एवम् शिक्षाको अभाव, गरिबी र परम्परागत समाज रहेका कारण पाकिस्तानमा लैङ्गिक हिंसाका घटना भइरहेको बताइन्छ ।

पाकिस्तानको मानव अधिकार आयोगले जारी गरेको प्रतिवेदनमा सन् २०१५ देखि सन् २०२१ सम्म मुलुकमा २२ हजारभन्दा धेरै लैङ्गिक हिंसाका घटना दर्ता गरिएका छन् ।

यस्ता घटनालाई निरुत्साहित गर्न सरकारले विभिन्न कदमहरु चालेपनि प्रभावकारी हुन नसकेको बताइएको छ । भएका कानून कार्यान्वयनको अभावमा यस्ता घटनालाई प्रोत्साहन मिलिरहेको सरोकारवालाहरुले टिप्पणी गरेका छन् ।