अन्तर्राष्ट्रिय

अर्मेनियाको एक किनमेल केन्द्रमा विस्फोट, ६ जनाको मृत्यु

By खबरहब

August 15, 2022

काठमाडौँ– आर्मेनियाको राजधानी येरेभानको एक बजारमा ठूलो विस्फोट भएको छ । विस्फोटमा परि कम्तिमा छ जनाको मृत्यु भएको छ भने १७ जना अझै बेपत्ता भएका छन् ।

मन्त्रालयका अनुसार २८ जना अझै अस्पतालमा भर्ना छन् ।विस्फोट पछि तीन तले भवन ध्वस्त भएको थियो। अहिले ३५० अग्नी नियन्त्रक र उद्धारकर्ताहरू अहिले त्यहाँ उद्धारमा जुटिरहेका छन्।

आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले सोमबार उद्धार कार्यको निरीक्षण गरेका समेत गर्नु भएको छ । घटनाको कारणबारे अनुसन्धान जारी छ ।