फाइल फोटो

देश/प्रदेश

मेलम्ची–तिपेनी सडक मर्मत गरिँदै

By खबरहब

August 15, 2022

सिन्धुपाल्चोक– मेलम्ची–तिपेनी सडक खण्ड मर्मत गर्न थालिएको छ । मेलम्ची–९ राम्चे डाँडामा पहिरो खसेका कारण अहिले मेलम्ची नगरपालिकाले सो सडक मर्मत गरिरहेको छ । मर्मतका कारण उक्त सडक हाल बन्द गरिएको हो ।

केही दिन सो बाटो हुँदै हलुकाबाहेक सवारी साधन सञ्चालन नगर्न मेलम्ची नगरपालिका तथा पाँचपोखरी गाउँपालिकाले सूचनामार्फत आग्रह गरेको थियो । बनाउन केही समय लाग्ने भएकाले केही दिन सडक अवरुद्ध हुने मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिए ।