काठमाडौँ – ९१ वर्षको उमेरमा निधन भएका जीयन लुक गोडार्डलाई फिल्म इतिहासका एक पायनियर व्यक्तित्वको रूपमा लिइनछ। फ्रेन्च स्विस फिल्म निर्माता गोडार्डले क्यारियरमा धेरै फिल्म बनाएका थिए। तीनै गोडार्ड हाम्रा माझमा नभएको आधा शताब्दी भइसकेको छ। फिल्मका बारे जानकारी लिनेका लागि गोडार्ड एउटा जान्नै पर्ने नाम भएको छ।
उनी भन्दा अगाडि फिल्ममा लडाइँ झगडा गर्ने या बहादुरी देखाउने काम पुरुषले मात्र गर्ने गरेका थिए। उनले सन् १९६० को दशकमा यस परम्पराको अन्त्य गरेका थिए। उनैले केटी मानिसले बन्दुक चलाउने क्रमको सुरुवात गरेका थिए।
चलचित्र ब्रेथलेसमा पेट्रीसिया नामकी एक केटी बन्दुक बोकेर आपराधिक समूहसँग निकट हुँदै प्रहरीलाई सहयोग गरेकी थिइन्। उनकै सहयोगमा प्रहरीले अपराधीलाई बीच सडकमा मारेको थियो। फिल्म इतिहासबारे अध्ययन गर्नेहरू त्यस फिल्मलाई कोशे ढुङ्गा नै मान्छन्।
गोडार्डलाई परम्परा भत्काउने निर्माता पनि भन्ने गरिन्छ। चलचित्र ब्रेथलेसमै धेरै नयाँ परम्पराको सुरुवात भएको थियो। लामो र भद्दा चलचित्र भन्दा बिच समयमा काटेर थोरै समयमा धेरै कुरा बुझाउन मिल्ने गरी नयाँ एडिटिङ प्रविधिको उनले प्रयोग गरेका थिए।
उनको यस कार्यले दर्शकको ध्यान अन्यत्र मोडिने होइन, एकत्रित हुन थालेको थियो। पछिल्लो समय बनेका यन्त्रहरूको उनले भरपुर उपयोग गरेका थिए। उनले फिल्मको नयाँ व्याकरणसमेत तयार पारे।
उनी समीक्षकको नजरमा उत्कृष्ट ठहरिए। उनले आफैंले उपाय सिर्जना गरे। उनले अगाडि बढाएका अवधारणामा फिल्म उद्योग पछाडि फर्कनु परेको समेत थिएन।
ब्रेथलेसमा अन्य थुप्रै परिवर्तन थिए। नयाँ सोचको विकास भएको थियो। धेरै स्थानका दृश्य हातमै बोकेको क्यामराले खिचिएका थिए। गोडार्डले पटकथा तयार गर्ने क्रममा स्पटमै कलाकारसँग पनि सम्पर्क गर्ने गरेका थिए।
महंगो स्टुडियो, कसिलो पटकथा र ठूलो सुटिङ युनिट आफैमा एउटा परिवर्तन थियो। यस फिल्ममा गोडार्डले प्रयोग गरेको उपकरणको त्यस समयमा धेरै चर्चा हुने गरेको थियो। डकुमेन्ट्री खालका फिल्मलाई त्यसपछि स्वाभाविक रूपमा दर्शकले ग्रहण गर्न थालेका हुन्।
उनको शैलीले त धेरै जसो समय कलाकारलाई रिस पनि उठाउने गरेको थियो। अबको वाक्य के हुने भन्ने त उनीहरूलाई नै थाहा नै हुँदैन थियो। गोडार्डले त्यसै समयमा त्यसमा निश्चित गरेका थिए।
गोडार्ड र उनको समकालीन पुस्ताले चलचित्रको क्षेत्रमा क्रान्ति नै गरेको महसुस गर्नेको जमात नै छ।
गोडार्डलाई अराजक भन्नेको जमात पनि थियो। तर, उनी धेरै फिल्मको ज्ञाता भएको व्यक्ति थिए। उनको अन्तर आत्म नै फिल्म केन्द्रित भएको समेत त्यस समयका समीक्षक बताउँछन्।
निर्देशक हुनु अगाडि एकदमै सक्रिय चलचित्र दर्शक थिए। एकै दिनमा एउटै फिल्म धेरै पटक हेर्ने बानी भएका उनी त्यसका साना र मसिना कुरा पनि केलाउँथे। त्यसबाट नै नयाँ योजना बुन्ने उनको बानी थियो।
त्यस समयमा रहेका अन्य निर्माता र निर्देशक भन्दा उनी आफूलाई फरक राख्न सफल भएका थिए। उनी समीक्षकको नजरमा उत्कृष्ट ठहरिए। उनले आफैंले उपाय सिर्जना गरे। उनले अगाडि बढाएका अवधारणामा फिल्म उद्योग पछाडि फर्कनु परेको समेत थिएन। उनले नवीनता दिने कुरामा कहिल्यै पनि कन्जुस्याइँ गरेनन्। ब्रेथलेस एउटैले फिल्म दुनियाँमा उनलाई अजर र अमर बनाइ रहन पनि सक्थ्यो। तर, उनी यसमा चुप लागेनन्। इन्टरनेट मुनि डाटाबेस (आईएमडीबी)ले उनले एक सय वटा भन्दा बढी सृजना गरेको देखाएको छ।
त्यसमा सर्ट मुनी, डकुमेन्ट्री, टिभी सिरिज र ४० भन्दा बढी फिचर फिल्म समावेश छन्। १९६० को दशक त उनको सर्वाधिक प्रभाव रहेको दशक थियो। यसै समयमा उनको सिर्जनालाई ‘न्युरोलिस्ट म्युजिकल’ को उपमा पनि दिन थालिएको थियो।
सन् १९७२ मा उनले यसै विषयमा केन्द्रित भएर ‘अल्स वेल’ बनाएका थिए। त्यसपछि उनले थुप्रै विवादको सामना गर्दै हिस्टोरी नामको फिल्म बजारमा ल्याएका थिए।
त्यसै समयमा फेमिनिस्ट चलचित्र ‘अ उमन इज अ उमन’ देखि डिस्टोपियन विज्ञान फिक्सन अल्फाभाइल प्रदर्शन भएको थियो।
‘अ उमन इज अ उमन’ सन् १९६१ मा प्रदर्शन भएको थियो भने त्यसको चार वर्षपछि अल्फाभाइल प्रदर्शन भएको हो। यसैगरी, १९६७ मा अश्वेतहरूको कमेडी ‘विकइन्ड’ प्रदर्शन भएको थियो। यो फिल्म अत्यन्त लोकप्रिय भएको थियो। यसमा एकेली ब्रोन्टेको अभिनय त सबैले वाहवाह नै गरेका थिए।
यस सफलतापछि उनले सामाजिक र राजनीतिक चलचित्रमा चासो दिएका थिए। सन् १९७२ मा उनले यसै विषयमा केन्द्रित भएर ‘अल्स वेल’ बनाएका थिए। त्यसपछि उनले थुप्रै विवादको सामना गर्दै हिस्टोरी नामको फिल्म बजारमा ल्याएका थिए। सन् २०१४ मा ८० वर्षको उमेरमा उनले प्रयोगात्मक ‘थ्री डी’ फिल्म बनाए। यसमा मुख्य भूमिका उनकै कुकुर रोक्सीको थियो।
गोडार्डको फिल्मको अर्को विशेषता भनेको कुनै निश्चित धार थिएन। चुनौतीपूर्ण फिल्मदेखि बुझ्न कठिन हुने खालको फिल्म समेत उनले बनाएका थिए। उनले सुरुवातमा राम्रो सफलता पाए। पछिल्लो समय समीक्षकको राम्रो प्रशंसा पाउनुका बाबजुद पछिल्लो समय धेरै फिल्म गरेनन्।
उनी फिल्म सफलताका लागि यत्ति धेरै भोको छन्। यत्ति मात्र होइन उनले त्यस समयमा नामी पेन्टर निकोलास डास स्टिल, आधुनिक अमेरिकी लेखक विलियम फल्कन र गणितिज्ञ लाउरेन्ट स्वार्जको भाषा फिल्ममासमेत प्रयोग भएका थिए।
जर्मन नाट्यकार बर्टोल्ड ब्रेजटीयनबाट पनि उनी धेरै प्रभावित भएका थिए। ब्रेजटीयन पनि समीक्षक आफ्नो फिल्ममा व्यस्त भएको हेर्न चाहन्थे। यसका लागि धेरै नयाँ प्रविधि पनि प्रयोग गरेका थिए।
गोडार्डको फिल्ममा धेरै जसो ब्रेजटीयनकै उपकरण प्रयोग भएका थिए। यसैको एउटा उदाहरण सन् १९६७ मा बजारमा आएको ला चायोनीज पनि हो।
रिसाहा र सन्काहा स्वभावमा उनको बारम्बार आफ्नै साथीसँग झगडा पनि परेको थियो। उनको एकदमै प्रिय र नजिकको सम्बन्ध रहेको जोन पियरो गोरिन र सिनेमाटोग्राफर राउल कोटाडसँग पनि पछिल्लो समय सम्बन्ध बिग्रिएको थियो।
धेरै फिल्ममा गोडार्ड आफै धेरै नै सक्रिय भएका थिए। सन् १९६३ को ली मेप्रीसले व्यवसायीकरण र सृजनशीलताका बारे नयाँ बहस नै सुरु गरेको थियो। उनकै फिल्ममा धेरै काम गरेका अन्ना कुरिनासँग उनी त्यसै फिल्मबाट प्रेम बन्धनमा समेत बाँधिएका थिए।
सुरुका दिनमा पछाडिबाट आवाज दिने गरेका उनी पनि आफै पनि कलाकारको रूपमा काम गरेका थिए। सन् १९९५ मा उनले अटो बायोग्राफिकल फिल्म बनाए। सन् २०१८ मा रिलिज भएको इमेज बुकमा उनी आफैले स्वर दिएका थिए।
अमेरिकी समीक्षक रोजर एबर्टले सन् १९६९ मा गोडार्डलाई आफ्नै दुनियाँमा रमाउने व्यक्तिको रूपमा व्याख्या गरेका थिए। उनले गोडार्डको फिल्म विशिष्ट र निराशाजनक भएको गुनासो गरेका छन्।
उनले जीवनमा दुई पटक विवाह गरे। पहिलो विवाह अन्ना करिना तथा दोस्रो अन्ना वेज्मीयास्कीसँग भएको थियो।
रिसाहा र सन्काहा स्वभावमा उनको बारम्बार आफ्नै साथीसँग झगडा पनि परेको थियो। सन् १९७३ ग्रेट न्यु वेभ कम्पनीकै अर्का निर्देशक फ्रान्सोसीस ट्रफाउट र गोडार्डको बीचमा झगडा भएको थियो। त्यस झगडाले ठूलो रूप नै लिएको थियो।
उनको एकदमै प्रिय र नजिकको सम्बन्ध रहेको जोन पियरो गोरिन र सिनेमाटोग्राफर राउल कोटाडसँग पनि पछिल्लो समय सम्बन्ध बिग्रिएको थियो। सन् १९७० पछि उनको धेरै सहकार्य लाइफ पार्टनर स्वीय फिल्म मेकर अन्ना मारि मेभिलसँग भएको थियो।
सिर्जनशीलता र विवादका पर्याय उनलाई धेरैले प्रेरणाको श्रोत पनि मान्ने गरेका छन्। उनकै न्यु वेभ कम्पनीले पछिल्लो समय बोनी एन्ड कुफ्लाइड जस्ता व्यक्ति पनि जन्माएको थियो।
उनको प्रभाव इरानका निर्देशक अब्बास कायरोस्टामी र डेनमार्कका लार्स भोन टियससम्म परेको थियो। सर्वकालीन उत्कृष्ट ५० को सूचीमा गोडार्डको चार वटा फिल्म रहनु भने चानचुने होइन।
१३ सेप्टेम्बरमा उनको निधन भएको छ। उनको निधनसँगै विश्व फिल्म उद्योगले एउटा इतिहासको अन्त्य भएको छ।
(स्रोत : बीबीसी)