तस्वीर- अन्तर्राष्ट्रिय रेडक्रस समिती (आईसीआरसी)

अन्तर्राष्ट्रिय

पपुवा न्युगिनीमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दश पुग्यो

By खबरहब

September 15, 2022

काठमाडौँ- पपुवा न्युगिनीमा गत आइतबार गएको ७.६ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दश पुगेको छ । यस भूकम्पमा परी अन्य कैंयौैं घाइते भएका छन् ।

उद्धारकर्ताहरू दुर्गम पहिरो प्रभावित समुदायहरूमा पुग्न थालेपछि मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।

पपुवा न्युगिनीमा गत आइतबार बिहान ७ः४६ बजे भूकम्प गएको थियो । यस भूकम्पको केन्द्रबिन्दु ६.३० डिग्री दक्षिण अक्षांश र १४६.५५ डिग्री पूर्व देशान्तरमा ७० किलोमिटरको गहिराइमा रहेको जनाइएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा घर र पूर्वाधारमा व्यापक क्षति पुगेको छ । अहिले पनि धनजन क्षति विस्तृत विवरण भने प्राप्त भइसकेको छैन ।

प्रधानमन्त्री जेम्स मारापेले मुलुकमा आएको शक्तिशाली भूकम्पपछि सतर्क रहन आह्वान गरेका छन् । तर यसको प्रभाव सन् २०१८ को भूकम्पभन्दा कम हुने अपेक्षा गरिएको छ । सन् २०१८ को भूकम्पमा परी १५० जनाको ज्यान गएको थियो ।