फाइल तस्वीर

अन्तर्राष्ट्रिय

सिरियालाई सहयोग गर्न राष्ट्रसङ्घ महासचिवको आह्वान

By खबरहब

September 15, 2022

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सिरियाका लागि सहयोग गर्न आह्वान गरेका छन् । सिरियाका लागि मानवीय सहायता आवश्यक रहेकाले त्यसका लागि आवश्यक सहयोग गर्न आग्रह महासचिव गुटरेसले आह्वान गरेका हुन् ।

उनले सिरियाका नागरिकलाई जीविकाका लागि नै सहयोग गर्नुपर्ने भएकाले त्यसका लागि आवश्यक सहयोग रकम उपलब्ध गराउन माग गरेका हुन् ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदको बैठकमा महासचिव गुटरेसले विश्व समुदायलाई नै सो आग्रह गरेको समाचारमा जनाइएको छ ।

उनले सिरियाली नागरिकको जीवन बचाउने योजनाका लागि संयुक्त राष्ट्रसङ्घले केही कार्यक्रमहरु बनाएको र त्यसका लागि यस वर्षमात्र कम्तीमा पनि चार करोड ४० लाख अमेरिकी डलर रकम चाहिएको बताए ।

सो रकम सिरियाली नागरिकको जीवन बचाउनका लागि अत्यावश्यक पर्ने मानवीय सहयाताका लागि मात्र आवश्यक रहेको उनले जानकारी दिए ।

साथै उनले यसबाहेक पनि सिरियामा बाहिरबाट आएका शरणार्थी तथा सिरियाबाट भागेर बाहिरिएका शरणार्थीहरुका लागि पनि थप ६१ लाख अमेरिकी डलर आवश्यक रहेको बताए ।

यो सबै गरेर सन् २०२२ का लागि मात्र सिरियाका लागि एक करोड ५ लाख अमेरिकी डलर आवश्यक रहेको जानकारी दिए ।

विगत लामो समयदेखिको आन्तरिक विद्रोह तथा खडेरी लगायतका कारणले गर्दा सिरियाको आर्थिक अवस्था निकै नाजुक रहेको र बालबालिका समेत कुपोषणको शिकार हुदै गएका बताउँदै उनले यस्तो अवस्थामा सिरियाका लागि विशेषतः मानवीय सहयता चाहिएको पनि सो बैठकमा जनाए ।