सांकेतिक तस्बिर

समाचार

बझाङमा एक पुरुष मृत भेटिए

By खबरहब

October 15, 2022

बझाङ– दुर्गाथली गाउँपालिका–३ को गौरेनी खोलामा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला छ । उनको शनिबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

गौरेनी खोलामा बिहान ११ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । शवको अहिलेसम्म पहिचान हुन सकेको छैन ।