देश/प्रदेश

डा. गोविन्द केसी आज पत्रकार सम्मेलन गर्दै

By खबरहब

November 15, 2022

काठमाडौं – चिकित्सा क्षेत्रका समस्या समाधानका विषयमा लामो समयदेखि संघर्ष गर्दै आएका प्रा.डा. गोविन्द केसीले आज पत्रकार सम्मेलन गर्दैछन् ।

चिकित्सा क्षेत्रका समस्या समाधानका लागि पटकपटक अनशन बसे पनि माग सम्बोधन नभएको भन्दै असन्तुष्ट रहेका केसीले मंगलबार पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

केसीका सहयोगी प्रितम सुवेदीका अनुसार डा. केसीले समसामयिक विषयमा मंगलबार दिउँ २ बजे शिल्पी थिएटर, बत्तीसपुतलीमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।