अपराध

खुर्पा प्रहार गरी आमा-छोरीको हत्या

By खबरहब

November 15, 2022

नुवाकोट– नुवाकोटको दुप्चेश्वर गाउँपालिका-५ भगेरी डाँडा बस्ने १९ वर्षीया सम्झना खतिवडा र उनकी छोरी ४ वर्षीया कृष्टिना खतिवडाको खुर्पा प्रहार गरी हत्या भएको छ । उनीहरूको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय पुष्कल भन्ने सोनाम तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

सोनामले मृतकको घरमा गई सम्झना र कृष्टिना खतिवडालाई खुर्पा प्रहार गर्दा दुवै जनाको सोमबार राति घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी समुन्द्रटार र जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनलाई घटनास्थल नजिकै रहेको जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।