फाइल तस्वीर- गेटी इमेज

अन्तर्राष्ट्रिय

इजरायलमा हाडले बनेको एक हजार वर्ष पुरानो खेलौना फेला

By खबरहब

November 15, 2022

काठमाडौँ- इजरायली पुरातत्वविद्हरूले हाडले बनेको एक हजार वर्ष पुरानो खेलौना फेला पारेका छन् । उत्तरी इजरायलको हैफा नगर नजिकैको उशा पुरातात्विकस्थलमा उत्खनन गर्दा हजार वर्ष पुरानो खेलौना फेला परेको इजरायल पुरातात्विक प्राधिकरणले जनाएको छ ।

उम्मेयाद खलीफा वंशको मुसलमान शासनकाल सातौँ शताब्दीदेखि १३ औँ शताब्दीसम्म प्राचीन इजरायलमा त्यस्ता खेलौना लोकप्रिय रहेका प्राधिकरणले बताएको छ । मुसलमान अवधिको उत्तरार्द्धमा निर्मित खेलौनामाथि त्यतिबेला नै धार्मिक कारणले प्रतिबन्ध लगाइएको थियो ।

मुसलमान शासनकालमा गाई, ऊँट, बाख्रा वा भेडाका खुट्टाका हाडबाट खेलौना बनाइन्थ्यो । फेला पारिएको उक्त खेलौना कुन जनावरको हो भन्नेबारेमा प्राथिकरणले केही बताएको छैन । प्राकिरणका अनुसार उक्त कालमा खेलौना आमोदप्रमोदका निम्तिमात्र नभई शैक्षिक सामग्रीका रूपमा पनि बनाइन्थ्यो ।