राजनीति

नेकपा एमाले केपी ओली प्रालिमा परिणत भएको तरुण दल अध्यक्ष गुरुङको आरोप

By खबरहब

November 15, 2022

काठमाडौँ- नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले नेकपा एमाले केपी ओली प्रालिमा परिणत भैसकेको आरोप लगाएका छन् । आज पर्वतको जलजलामा आयोजित तरुण भेलालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

अध्यक्ष गुरुङले नेतृत्वको गलत कार्यको आवाज उठाउँदै गर्दा आज भीम रावल, घनश्याम भुसाल जस्ता पार्टीका बलिया नेता बहिर्गमित हुनपुगेको बताए । ओलीले नेपालीको भावनालाई कुल्चिरहेको आरोप समेत लगाएका छन् ।

पटक पटक संसद विघटन गरेर ओलीले आफू महाराजा बन्ने सपना देखेर देशलाई दुर्घटनामा पार्न खोजेको आरोप लगाउँदै उनले यस पटक सत्ता गठबन्धनलाई विजयी गराउन आग्रह गरे ।

पार्टीभित्र केही असन्तुष्टि रहेता पनि मुलुकको आवश्यकताका कारण बाम लोकतान्त्रिक गठबन्धन बनेको बताउँदै उनले संविधानको रक्षा र मुलुकको विकासका लागि जनतालाई गठबन्धनको पक्षमा उभिन आग्रह गरेका छन् ।