फाइल तस्वीर

राजनीति

प्रधानमन्त्री देउवा बुधबार गृहजिल्ला जाने

By खबरहब

November 15, 2022

काठमाडौँ- प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार गृह जिल्ला जाने भएका छन् । देउवा भोलि डडेल्धुरा पुगेर गठबन्धनको चुनावी कार्यक्रममा सहभागी हुने तय भएको नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका अनुसार प्रधानमन्त्री देउवा बुधबार बिहान गृह जिल्ला आइपुग्ने र ११ः३० बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले बैतडी र अछाम जिल्लामा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको कांग्रेसले जनाएको छ ।

यसअघि कात्तिक १७ गते गृह जिल्ला पुगेका देउवाले त्यहाँ चार दिन बिताएका थिए । सो क्रममा उनले सात पालिकाका सात वटा चुनावीसभालाई सम्बोधन गरेका थिए । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देउवासहित डडेल्धुरामा आठ जना उम्मेदवार रहेका छन् । देउवा विसं २०४८ यताका हरेक निर्वाचनमा विजयी हुँदै आएका छन् ।