फाइल तस्बिर

देश/प्रदेश

आजको मौसम : देशभर चिसो बढ्यो

By खबरहब

December 15, 2022

काठमाडौं – हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। पहाडी भूभागमा आंशिक बदली छ।

दिउँसो प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ। शुक्रबार पहाडी भूभागमा आंशिक बदली हुने देखिएको छ।

देशभर चिसो बढेको छ। तराई क्षेत्रमा हुस्सेको प्रभाव सामान्य देखिन थालेको छ।