फाइल फोटो

समाचार

आज काठमाडौं महानगरको सेवा प्रवाह नहुने

By खबरहब

December 15, 2022

काठमाडौं – काठमाडौं महानगरपालिकाको सेवा प्रवाह आज (बिहीबार) बन्द रहने भएको छ ।

आज महानगरको २८औँ दिवस मनाइने भएपछि केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्मका सेवा बन्द रहने सार्वजनिक सूचनामार्फत जनाइएको छ ।

महानगरको प्रशासन विभागका अनुसार काठमाडौं महानगर, मातहतका सबै विभाग, आयोजना, कार्यक्रम, वडा कार्यालय र एकाइबाट प्रवाह हुने सेवा आज बन्द हुनेछ ।