फाइल फोटो

राजनीति

रामचन्द्र पौडेललाई आज जापान सरकारले सम्मान गर्ने

By खबरहब

December 15, 2022

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले आज उनकै निवासमा सम्मानित गर्ने भएको छ ।

नेपालका लागि जापानका राजदूत किकुता युताकाले पौडेललाई दिउँसो ३ बजे जापान सरकारले यसअघि घोषणा गरेको विभूषणबाट उच्च सम्मान गर्ने कार्यक्रम रहेको छ ।

नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा नेता पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित गर्ने घोषणा गरेको थियो । तर, कोभिड महामारीका कारण सम्मान कार्यक्रम स्थगित भएको थियो ।

नेपाल-जापान संसदीयमैत्री संघका संस्थापकसमेत रहेका पौडेलले कार्यक्रमका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई हिजो बालुवाटारमै पुगेर निम्ता गरेका थिए।