राजनीति

ललितपुरमा एमालेबाट निर्वाचित ६ सांसदलाई चौतारीको सम्मान

By खबरहब

December 15, 2022

काठमाडौं – प्रेस चौतारी नेपालले ललिलपुरमा एमालेबाट निर्वाचित सांसदहरूलाई सम्मान गरेको छ।

बिहीबार बिहान ललितपुरको सातदोबाटोमा आयोजित विशेष कार्यक्रममा चौतारीका अध्यक्ष गणेश बस्नेतले एमालेबाट प्रतिनिधिसभा र प्रदेश सभामा निर्वाचित भएकाहरूलाई सम्मान गरेका हुन्।

ललितपुरबाट एमालेका प्रेम महर्जन, मधुसुदन पौडेल, रामेश्वर श्रेष्ठ, प्रेमभक्त महर्जन, रघुवीर महर्जन तथा अप्सरा चापागाईँ सांसद छन्। प्रेम महर्जन ललितपुर २ बाट संघीय सांसद हुन् भने पौडेल, श्रेष्ठ, प्रेमभक्त र रघुवीर महर्जन तथा चापागाईँ प्रदेश सभा सदस्य हुन्।

चौतारीका अध्यक्ष बस्नेतले आगामी कार्यकाल सफलताका लागि सबै जनप्रतिनिधिलाई शुभकामना दिएका थिए। कार्यक्रममा एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले एमाले निकट पत्रकारलाई सम्मान गरेका थिए।