साहित्य

‘पद्मा- श्याम गोतामे पुरस्कार’ पाँडेलाई 

By खबरहब

December 15, 2022

काठमाडौँ– नेपाली हास्यव्यङ्ग्य साहित्यका एक धरोहर बरिष्ठ हास्यव्यङ्ग निबन्धकार श्याम गोतामे र उनकी धर्मपत्नी पद्मा गौतमको नामबाट स्थापना गरिएको ‘पद्मा- श्याम गोतामे पुरस्कार’ बरिष्ठ हास्यव्यङ्ग्य लेखक, निबन्धकार रामकुमार पाँडेलाई प्रदान गरिएको छ ।

नगद एक्काईस हजार पुरस्कार राशि रहेको उक्त पुरस्कार पहिलो पटक हास्यव्यङ्ग्य लेखक पाँडेलाई प्रदान गरिएको हो । नेपाल स्रष्टा समाजले बुधबार एक कार्यक्रमको आयोजना गरि पुरस्कार प्रदान गरेको हो । 

कार्यक्रममा वरिष्ठ नाट्यकर्मी अशेष मल्ल, साहित्यकारहरू विधान आचार्य, ओम श्रेष्ठ ‘रोदन’ राधेश्याम लेकाली, धिरेन्द्र प्रेमर्षी, देविका तिमल्सिना, गोतामेकि सुपुत्री निरा गौतमले हास्यव्यङ्ग्य निबन्धकार गोतामेको योगदानको चर्चा गरेका थिए ।   

कार्यक्रममा अभियान साहित्य कलाकार समाजका संरक्षक, हास्यव्यङ्ग्य लेखक तथा कलाकार डम्बर घिमिरे, साहित्यकार पशुपति दंगाल, लगायतको उपस्थिति थियो। सम्मानित पाँडेले श्याम गोतामे खरो स्वभावको, निडर  तिखो व्यङ्ग गर्ने र आफ्नै बुबालाई समेत भ्रष्टाचारको मुद्दा हाल्ने एक अनौठो व्यक्तित्व भएको स्मरण गरेका थिए । 

पुत्रि गौतमले बुबाको नाममा पुरस्कार स्थापना गरेपछि आत्माले शान्ति पाएको विश्वास व्यक्त गरिन्। साथै उनले बुबाले हास्यव्यङ्ग्यमा दिएको योगदान बिर्सने नहुनेमा जोड दिइन् ।