फाइल फोटो

समाचार

भ्रष्टाचार नियन्त्रण गर्ने विद्यार्थीलाई अख्तियारले अनुसन्धान वृत्ति दिने

By खबरहब

December 15, 2022

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान अयोगले स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहमा अध्ययनरत विद्यार्थीहरूलाई भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको क्षेत्रमा अनुसन्धान/शोध गर्न आर्थिक सहयोग गर्ने भएको छ । 

विश्वका कुनै पनि मान्यताप्राप्त विश्वविद्यालय, आंगिक क्याम्पसहरूमा स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहमा अध्ययनरत २/२ जना गरी जम्मा ६ जनालाई अनुसन्धान वृत्ति दिन लागेको हो । 

अख्तियारले स्नातकोत्तर तहमा अनुसन्धान गर्नेलाई एक लाख, दर्शनाचार्यमा एक लाखा ५० हजार र विद्यावारिधि तहमा अनुशन्धान/शोध गर्नेलाई दुई लाख ५० हजार वृत्ति दिन लागेको हो ।