ब्रेकिङ स्टोरी

वायुसेवा निगममा क्याबिन क्रु आन्दोलित, अन्तर्राष्ट्रिय उडान प्रभावित

By खबरहब

December 15, 2022

काठमाडौं– नेपाल वायुसेवा निगममा क्याबिन क्रु आन्दोलनमा उत्रिएका छन् । निगममा हरेक ५ वर्षमा क्याबिन क्रुको करार नवीकरण हुने गर्दछ यसैक्रममा दुई जना एयर होस्टेसको तोकिएको योग्यता नपुगेको भन्दै करार नवीकरण गर्न व्यवस्थापनले नमानेपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । 

निगम मातहतका नेपाल वायुसेवा क्याबिन क्रु संघले बिहीबार एक विज्ञप्ति निकाल्दै यसबारे जानकारी दिएको छ । आन्दोलनका कारण  अन्तर्राष्ट्रिय उडानहरु प्रभावित बनेका छन् । बिहीबार काठमाडौंबाट साउदीको रियाद र भारतको नयाँ दिल्ली उड्नु पर्ने जहाजहरु समेत क्रुको आन्दोलनका कारण प्रभावित बनेका छन् ।

निगममा १५ वर्ष सेवा गरेका क्याबिन क्रुको सेवा करार नवीकरण नभएको संघले जनाएको छ ।