मनोरञ्जन

गायिका राउतलाई अमेरिकी अध्यागमनले पठायो नेपाल फिर्ता

By खबरहब

December 15, 2022

काठमाडौं– सांगीतिक कार्यक्रमका अमेरिकाउडेकी चर्चित गायिका आस्था राउतलाई त्यहाँस्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाएको छ।

पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने भन्दै उनलाई अमेरिका प्रवेशमा रोक लगाइएको हो। यसअघि २०१७, २०१८ र २०२१ मा पर्यटन भिसामै कन्सर्ट गरे पनि आस्थालाई यसपालि भने रोक लगाइएको जनाइएको छ। 

डिसेम्बर १० मा आफू त्यहाँ पुग्दा अध्यागमन अधिकारीले रोकेको र काठमाडौं दूतावासमा गएर पर्फमेन्स भिसा अर्थात पी-३ लिएर पुनः अमेरिका आउन अनुरोध गरेको आस्थाले बताएकी छन्।  अंग्रेजी नयाँ वर्ष २०२३ का अवसरमा पेन्सिलभेनियाको लानकास्टरमा आयोजित सांगीतिक कार्यक्रममा भाग लिन उनी अमेरिका गएकी थिइन्। 

उक्त कार्यक्रममा सहभागी हुन नसक्ने भएपछि उनले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै समय र परिस्थितिले जुराए फेरि सांगीतिक मिलन हुनेमा पूर्ण विश्वास गर्दै आयोजकप्रति आभार प्रकट गरेकी छन्।